×
अर्थ डेली प्रकाशित: २०७५-११-४ गते

सुदूरपश्चिमका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सुदूरपश्चिम प्रदेशका १२ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सम्बन्धित गाउँसभा तथा नगरसभाबाट सिफारिश एवं प्रदेशमार्फत सिफारिशबमोजिम सुदूरपश्चिमका बैतडी, दार्चुला, बझाङ, डडेल्धुरा, डोटी र बाजुराका विभिन्न स्थानीय तहका नाम र केन्द्र परिवर्तन गरिएको हो । 
सुदूरपश्चिमका सात स्थानीय तहको केन्द्र, दुई तहको नाम र केन्द्र तथा तीन तहको नाम मात्रै परिवर्तन गरिएको मन्त्रालयल जनाएको छ । 
बैतडीको सिगास गाउँपालिकाको केन्द्र साविकको शिवलिङ्ग गाविसको गर्जे कायम गरिएको छ । यसअघि उक्त गाउँपालिकाको केन्द्र गर्जे अथवा गाँजरी राख्ने भन्ने निर्णय भएको थिएन । सबैलाई पायक पर्ने र बीच केन्द्र भएकाले गर्जेमा केन्द्र राख्ने निर्णय गरेको सिगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले जानकारी दिएका छन । 

दार्चुलाको नौगाड गाउँपालिकाको केन्द्र धुलिगडाबाट सारेर होपरीगाड र लेकम गाउँपालिकाको केन्द्र रातामाटा तोकिएको छ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाको केन्द्र सल्ला–बान्चौर कायम गरिएकोे छ । 

यस्तै, बझाङको काँडा गाउँपालिकाको नाम साइपाल, डोटीको वोगटान गाउँपालिकाको नाम वोगटान–फुड्सिल, सायल गाउँपालिकाको केन्द्र ओमनगर राखिएको छ । 

बाजुराको पाण्डवगुफा गाउँपालिकाको नाम जगन्नाथ र केन्द्र जुड्डी, स्वामीकार्तिक गाउँपालिकाको नाम स्वामीकार्तिक खापर र केन्द्र वाइ, छेडेदह गाउँपालिकाको नाम खप्तड छेडेदह गाउँपालिका कायम गरिएको छ । हिमाली गाउँपालिकाको केन्द्र बाँधु धुलाचौर तोकिएको छ । 

सङ्घीय सरकारअन्तर्गतको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही दिन अगाडि देशका ९८ स्थानीय तहको नाम र केन्द्र परिवर्तन गरेको हो । हेरफेर गरिएको नाम तथा केन्द्रबाट कामकारवाही अगाडि बढाउनसमेत सरकारले निर्देशन दिएको छ । 

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारले सीमा विवादमा कुटनीतिक पहल गर्ने

सुदूरपश्चिम सरकारले सीमा विवादमा कुटनीतिक पहल गर्ने

काठमाडौं । भारतले जारी गरेको नयाँ नक्सामा सुदूरपश्चिम प्रदेशको दार्चुलाको ब्यास गाउँपालिकामा पर्ने कालापानी, लिपुले..

सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख पन्तले गरिन् पदभार ग्रहण

सुदूरपश्चिम प्रदेशकी प्रदेश प्रमुख पन्तले गरिन् पदभार ग्रहण

काठमाडौं । नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले बिहीबार पदभारग्रहण गरेकी छन् । बुधबार धनगढी पु..

अदालतको मानहानी गरेको भन्दै रवि लामिछानेविरुद्ध उजुरी

अदालतको मानहानी गरेको भन्दै रवि लामिछानेविरुद्ध उजुरी

काठमाडौं । अदालतको मानहानि गरेको आरोपमा ‘सिधाकुरा जनतासँग’का कार्यक्रम प्रस्तोता रवि लामिछानेविरुद्ध जि..

डेंगुबाट महिलाको मृत्यु, स्थानीय त्रसित

डेंगुबाट महिलाको मृत्यु, स्थानीय त्रसित

काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा डेंगु रोगबाट एक जनाको मृत्यु भएको छ। जिल्लामै पहिलोपटक उक्त..