×
अर्थ डेली प्रकाशित: २०७५-१०-२२ गते

प्रतिनिधीसभाको बैठक बस्दै, सांसदको प्रश्नमा ४ मन्त्रीले जवाफ दिने

काठमाडौं । प्रतिनिधीसभाको बैठक आज बस्दैछ । आज सांसदहरुले उठाएका विभिन्न जिज्ञासामा मन्त्रीहरुले जवाफ दिनेछन् । गृहमन्त्री रामबहादुर थापा मुलुकको शान्तिसुरक्षाको स्थितिबारे सांसदका प्रश्नको जवाफ दिन प्रतिनिधिसभा बैठकमा उपस्थित हुँने भएका छन् । संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको सम्भावित कार्यसूचीमा गृह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र अर्थमन्त्रीलाई सांसदले मौखिक प्रश्न सोध्न सक्नेछन् ।

मन्त्रीहरूले रोस्ट्रममै गएर तिनको जवाफ दिनुपर्छ । सचिवालयका अनुसार ४ मन्त्रीलाई सोधिने प्रश्न सांसदले यसअघि नै दर्ता गराइसकेका छन् । प्रतिनिधिसभा नियमावलीमै मन्त्रीसँग प्रश्नोत्तरको व्यवस्था गरिएको छ ।

नियमावलीमा सम्बद्ध विषयका पूरक प्रश्न पनि सोध्न पाउने व्यवस्था छ । सचिवालयका अनुसार सांसदले ८८ मौखिक प्रश्न दर्ता गरेका छन् । तीमध्ये ४३ को जवाफ मन्त्रालयले सचिवालयमा पठाइसकेका छन् । बैठक दिउँसो १ बजे बस्नेछ ।

 

सम्बन्धित विषय: जीवनशैली

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

पाँच वर्ष नेकपाको सरकार : अध्यक्ष प्रचण्ड

पाँच वर्ष नेकपाको सरकार : अध्यक्ष प्रचण्ड

जनकपुरधाम । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाको सरकार..

नेकपामा विवाद गहिरिँदै : नेपालको वरीयता खोसियो, प्रस्ताव पनि अस्वीकृत

नेकपामा विवाद गहिरिँदै : नेपालको वरीयता खोसियो, प्रस्ताव पनि अस्वीकृत

नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको वरीयता खोसिएको छ। यससँगै नेपाल कम्य..

संसदमा प्रधानमन्त्रीको सम्बोधन : प्रचण्डलाई सत्ता नसुम्पिने संकेत

संसदमा प्रधानमन्त्रीको सम्बोधन : प्रचण्डलाई सत्ता नसुम्पिने संकेत

 प्रधानमन्त्री केपी शर्मा ओलि सिंगापुरबाट काठमाण्डौ फ़र्कियलगत्तै नेकपामा धेरै दिन देखि अल्झिरहेको स्कुल विभागक..

नेकपा बैठकमा चर्काचर्की, नेपालको प्रस्तावमा ओलीको कडा जवाफ !

नेकपा बैठकमा चर्काचर्की, नेपालको प्रस्तावमा ओलीको कडा  जवाफ !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षनेताबीच आइतबार बालुवाटारमा चर्काचर्की भयो । पूर्वप्रधानमन्त्री माध..