×
अर्थ डेली प्रकाशित: २०७५-१०-१९ गते

११ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या, अभियुक्त सार्वजनिक गरिँदै

काठमाडौं । मोरङको विराटनगर महानगरपालिका ११ की ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्यामा संलग्न दुईजना पक्राउ परेका छन् । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा २५ वर्षीय  अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार उनीहरु दुवैले आफूहरुले बलात्कारपछि हत्या गरेको साविति बयान दिएको प्रहरी स्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले हत्याकाण्डको अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानबाट बलात्कार भएको पाइएको बताए । ‘‘मेडिकल रिपोर्ट आउन बाँकी छ । चार–पाँचजना पक्राउ परेका छन्,’’ डिएसपी श्रेष्ठले भने ।

प्रहरी स्रोतका अनुसार पक्राउ परेका दुवैजना लागुऔषध प्रयोगकर्ता भएको खुलेको छ । गत शनिबार साथीको घरमा टेलिभिजन हेर्न गएकी रुपमती आइतबार घरनजिकै रहेको खोला किनारमा मृत फेला परेकी थिइन् ।

प्रहरी स्रोतले भन्यो, ‘‘अन्सारी र महतोले बलात्कार गरेको स्वीकार गरेका छन् । आवश्यक प्रमाण पनि जुटाउने काम भएको छ । नशाकै झोकमा उनीहरुले रुपमतीको बलात्कारपछि हत्या गरेका हुन् ।’’ पक्राउ परेका दुवैलाई आइतबार नै सार्वजनिक गरिनसक्ने प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय: जीवनशैली

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सीसीटीभी फुटेजमा आत्महत्या गर्नुअघि शालिकरामले पाँच मिटर डोरी किनेको भेटियो

सीसीटीभी फुटेजमा आत्महत्या गर्नुअघि शालिकरामले पाँच मिटर डोरी किनेको भेटियो

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि नारायणगढ बजारको एक पसलमा डोरी किनेको सीसीटीभी फुटेज प्रहर..

यो वर्ष ९४.४३ प्रतिशत क्षेत्रमा रोपाइँ

यो वर्ष ९४.४३ प्रतिशत क्षेत्रमा रोपाइँ

काठमाडौं । गएको वर्षको तुलनामा यो वर्ष धान रोपाइँ केही कम भएको छ । गएको वर्ष साउन सकिँदा ९५.३९ प्रतिशत क्षेत्रमा रो..

विमानस्थलमा पारश शाहको दादागिरी, बर्दीवाल प्रहरीमाथि धक्का र अपमान

विमानस्थलमा पारश शाहको दादागिरी, बर्दीवाल प्रहरीमाथि धक्का र अपमान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा सम्वोधन गर्नेक्रममा राजावादीहरुलाई बेमौसमको बाजा नबजाउन भने..

शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

काठमाडौं । अभिनेत्री शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतल..