images
images

शनिवार , २०७६ मंसिर  २८ ( Saturday , 2019 Dec 14 )

images
images

आज यी राशिको चम्कनेछ भाग्य ? हेर्नुहोस !

अर्थ डेली

प्रकाशित: २०७६-७-२८ गते

 

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)- नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलंकार प्राप्ति हुनेछ । आँटेको र ताकेको कार्यहरू पुरा होलान् । रमाइलो यात्राको योगपनि रहेको छ ।

 

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)- अनुहारमा कान्ति र मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । कार्यमा सफलता पाईनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ ।

 

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)- सरकारी निकाएको भय रहला । राजनीतिक कार्यमा बाधा आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मनमा सङ्का उत्पन्न हुनेछ ।

 

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)- लगनशीलताले कामहरु अगाडी बढ्नेछन । समाजसेवामा मन लाग्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा रुचि बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

 

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)- इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

 

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)- बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । अधुरो काम पूरा हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । रमणीय र सुखद् यात्राको योगपनि छ ।

 

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)- आज मन खिन्न हुने स्थिति आउन सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । महत्वकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला ।

 

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)- शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । आकस्मिक धन लाभ होला । सांगीतिक क्षेत्रमा रुचीपनि बढ्नेछ ।

 

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)- आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

 

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)- चिताएको कामले तीव्रता लिनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । चोटपटकको भयपनि छ‚ सचेत रहनुहोला ।

 

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)- अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ । मन कमजोर र धन खर्च हुनेछ । आर्थिक कारोवारमा बिवाद बढ्नेछ ।

 

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)- दैनिक कार्यमा प्रगति हुनेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नसोचेको ठाउँबाट धनागमन हुनेछ ।  

 

( अधिक जानकारीको लागि = ज्यो.प. नारायणप्रसाद दुलाल- ९८४९५५९५०२ )

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855