×
अर्थ डेली प्रकाशित: २०७६-५-२ गते

१७ गतेसम्म कर नतिरे फिल्म हलमाथि कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । चलचित्र घरहरुले मनोरञ्जन शुल्कबापतको कर नबुझाएपछि काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्मको सूचना दिएर सम्पर्कमा आउन सूचना जारी गरेको छ।

महानगरभित्र ४२ वटा सिनेमा घर छन् । जसमध्ये गएको वर्ष (आर्थिक वर्ष २०७५/०७६) मा ४ वटा हलले मात्र कर तिरेको महानगरले जनाएको छ। राजस्व विभागका प्रमुख नुरनिधि न्यौपाने भन्छन्, ‘टिकट बिक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका हौं।’

उनका अनुसार गएको वर्ष चारवटा हलले मनोरञ्जनबापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो।

‘प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रतिटिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको ५ प्रतिशतले हुन आउने रकम अर्को महिनाको २५ गतेभित्र स्थानीय सरकारलाई बुझाउनुपर्छ। यो व्यवस्था पालना हुनु त कता हो कता, गएको वर्ष तिर्नु पर्ने कर तिर्न समेत चासो देखिएन’, विभागीय प्रमुख न्यौपानेले थप्दै भने, ‘ऐनको दफा ४ (३) बमोजिम हामीले चलचित्र घरहरुलाई बक्यौता रकमसमेत लिएर आउन सूचना जारी गरेका छौं।’

के छ सूचनामा? 
प्रदेश नं. ३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरुले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन कर बापत लिएको ५ प्रतिशतले हुन आउने रकम प्रत्येक महिना समाप्त भएको मितिले २५ दिनभित्र काठमाडौं महानगरपालिकामा बुझाउनुपर्दछ।

यसै व्यवस्थाबमोजिम चलचित्र घरहरुलाई कर रकम बुझाउन पटक पटक पत्राचार गरि सकिएको छ । यति गर्दा पनि अहिलेसम्म पनि आर्थिक वर्ष २०७५/०७६ मा मनोरञ्जन कर बापत दर्शकहरुबाट लिएको रकम स्थानीय सरकार (यस काठमाडौं महानगरपालिका)मा दाखिला हुन नआएकोले यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । यसै सूचनासँगै सम्बन्धित चलचित्र घरहरुलाई आफूले चलचित्र प्रदर्शन गर्ने क्रममा बिक्री गरेको टिकटको विवरणसहित भदौ १७ गते (भदौ ३ गतेबाट १५ दिनभित्र) मंगलबारभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग, बबरमहलमा सम्पर्क गरी मनोरञ्जन कर बुझाउनुहुन अनुरोध गरिन्छ। ऐनको दफा ४ (३) बमोजिम गत आर्थिक वर्षको बक्यौता रकमसमेत भुक्तानी गर्नुपर्नेछ।

यो सूचनाको ख्याल नगर्ने तथा दर्शकहरुसँग मनोरञ्जन करबापत असुल गरिसकेको कर रकम स्थानीय सरकारलाई नबुझाउने चलचित्र घरहरुलाई नियमानुसार कारबाही हुने व्यहोरा समेत यसै सूचनाबाट जानकारी गराइन्छ, महानगरले सूचनामा भनेको छ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

Gustavo

August 21st, 2019 - 6:55PM

I am sure this piece of writing has touched all the internet visitors, its really really nice article on building up new website. I have been browsing online more than three hours today, yet I never found any interesting article like yours. It’s pretty worth enough for me. Personally, if all webmasters and bloggers made good content as you did, the web will be a lot more useful than ever before. I enjoy what you guys tend to be up too. Such clever work and reporting! Keep up the amazing works guys I've added you guys to my personal blogroll. http://plumbing.com

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्ट..

लक्ष्मी बैंक र लक्ष्मी केयर्सद्वारा कोष स्थापनाको लागि सांगीतिक कार्यक्रम

लक्ष्मी बैंक र लक्ष्मी केयर्सद्वारा कोष स्थापनाको लागि सांगीतिक कार्यक्रम

काठमाडौँ । लक्ष्मी बैंक र लक्ष्मी केयर्सले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगीतिक यात्राको ५०..

यस्ता छन् सुबिसुका दशैं, तिहार अफर

यस्ता छन् सुबिसुका दशैं, तिहार अफर

सुबिसु केबलनेट प्रालिले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा इन्टरन..

सुनको मूल्य निरन्तर घट्दै

सुनको मूल्य निरन्तर घट्दै

काठमाडौं । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यव..