images
images

बिहिवार , २०७६ माघ  १६ ( Thursday , 2020 Jan 30 )

सीसीटीभी फुटेजमा आत्महत्या गर्नुअघि शालिकरामले पाँच मिटर डोरी किनेको भेटियो

अर्थ डेली

प्रकाशित: २०७६-५-३ गते

काठमाडौँ । पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि नारायणगढ बजारको एक पसलमा डोरी किनेको सीसीटीभी फुटेज प्रहरीलाई प्राप्त भएको छ।

चितवनका एसपी दानबहादुर मल्लले पुडासैनीले आत्महत्या गर्नुअघि आफू बसेको होटल नजिकैको एक होलसेल पसलबाट पाँच मिटर लामो डोरी किनेको उक्त सीसीटीभी फुटेजमा देखिएको बताएका छन।

‘हामीले अनुसन्धानका लागि आवश्यक प्रमाण जुटाउने क्रममा उक्त सीसीटीभी फुटेज फेला पारेका छौँ, त्यसबारे अहिले अनुसन्धान भइरहेको छ’, मल्लले भने।

प्रहरीले उक्त सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर परीक्षणको लागि प्रहरी हेडक्वार्टर पठाइएको छ।

पुडासैनी साउन २० गते नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनको ‘आत्महत्या’ दुरुत्साहनको अभियोगमा पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की पक्राउ परेका छन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855