images
images

बिहिवार , २०७६ माघ  १६ ( Thursday , 2020 Jan 30 )

नेकपा बैठकमा चर्काचर्की, नेपालको प्रस्तावमा ओलीको कडा जवाफ !

अर्थ डेली

प्रकाशित: २०७६-५-२ गते

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्षनेताबीच आइतबार बालुवाटारमा चर्काचर्की भयो । पूर्वप्रधानमन्त्री माधव नेपालले प्रधानमन्त्री केपी ओलीलाई अध्यक्ष पद छाडेर प्रधानमन्त्रीको मात्र जिम्मेवारी सम्हाल्न आग्रह गर्नासाथ प्रचण्डले दुबै पदमा ओलीलाई समर्थन गरे ।

यसअघि प्रचण्डले आलोपालोको कुरो झिक्दै प्रधानमन्त्री र अध्यक्ष एक/एकजनाले चलाउनुपर्ने अडान राख्दै आएका थिए । आइतबार यही विषयमा माधव नेपालले कुरा उठाएर प्रचण्डलाई अध्यक्षको जिम्मेवारी दिन आग्रह गर्दा प्रचण्ड स्वयं ओलीतिरै लागेकोे माधव नेपाल पक्षको गुनासो छ ।

माधव नेपालले ओलीसँग मागिदिँदा पनि प्रचण्डले एकल अध्यक्ष खान अरुची देखाएको र ओलीसँगै समर्पित भएको नेकपा उच्च स्रोतले बतायो ।

अध्यक्ष प्रचण्डसँगै नेता बामदेव गौतमले प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएपछि माधव नेपाल बैठकमा एक्लिएको एक नेताले बताए ।

आइतबार अपराहृन प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै चार घन्टा बसेको बैठकमा शीर्ष नेताहरुबीच पटक-पटक वादविवाद भएको थियो । बैठकमा औपचारिकरुपमै वरिष्ठतामा झलनाथ खनाललाई अगाडि र माधवकुमार नेपाललाई पछाडि राख्ने प्रस्ताव आएपछि विवाद सुरु भएको थियो ।

‘प्रचण्डलाई अध्यक्ष छाड्नुस्’

वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीलाई अध्यक्ष पद छाड्न आग्रह गरे । एउटै व्यक्ति प्रधानमन्त्री र अध्यक्ष दुबै पद लिन नहुने भन्दै उनले ‘सरकार तपाई चलाउनुस्, पार्टी प्रचण्डले चलाउनुहुन्छ’ भनेको एक नेताले बताए ।

जवाफमा ओलीले ‘तपाईले भनेर हुन्छ ? म (अध्यक्ष पद) छोडि्दनँ’ भनेका थिए ।

त्यहीबेला अर्का अध्यक्ष प्रचण्डले पनि ओलीलाई नै साथ दिए । उनले बैठकमा भने, ‘त्यसो नगरौं, यो ओलीजीको खुसीको कुरा हो । हामीले निर्णय गरेर हुँदैन ।’

यसअघि प्रचण्ड स्वयंले आलोपालो प्रधानमन्त्रीको सहमति भएको उल्लेख गर्दै ओलीले सरकार चलाउने हो भने आफूलाई पार्टी चलाउन दिनुपर्ने माग गर्दै आएका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855