×
अर्थ डेली प्रकाशित: २०७६-४-२८ गते

एक्लिए पवन चाम्लिङ, एसडीएफका १० विधायक भाजपामा प्रवेश

काठमाडौं । पवन चामलिङ नेतृत्व सिक्किम प्रजातान्त्रिक मोर्चा (एसडीएफ) का १० विधायक भारतीय जनता पार्टीमा प्रवेश गरेका छन्।

मंगलबार उनीहरु भाजपाको मुख्यालयमै पुगेर पार्टी प्रवेश गरेको बताइएको छ। भारतीय जनता पार्टीका कार्यकारी अध्यक्ष जेपी नड्डा र महासचिव राममाधवले उनीहरुलाई स्वागत गरेका थिए।

एसडीएफ छाडेर भाजपा प्रवेश गर्ने विधायकहरुमा उगेन टी ग्याछो, डीटी लेप्चा, एनके सुब्बा, फरवन्ती तामाङ, राजकुमारी थापा, डीआर थापा, केबी राई, केएस लेप्चा, टीटी भोटिया, पिञ्जो नाग्याल लेप्चा छन्।

यी १० विधायक भाजपा प्रवेशसँगै अब सिक्किम विधानसभामा एसडीएफका तर्फबाट विधानसभामा पवन चामलिङ एक्लै भएका छन्।

विधानसभामा १३ सिट जितेको एसडीएफका दुई विधायक जीटी ढुङ्गेल र यमप्रसाद शर्माले यसभन्दा अघि नै विद्रोह गरिसकेका छन्।

यी दुवै विधायक अहिले पीएस गोले नेतृत्व सिक्किमको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चाको नजिकका भएका छन्।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

Andrew

August 14th, 2019 - 11:41PM

Hello there! This blog post couldn't be written any better! Reading through this post reminds me of my previous roommate! He constantly kept talking about this. I most certainly will send this article to him. Fairly certain he will have a very good read. I appreciate you for sharing! Its like you learn my thoughts! You seem to know a lot approximately this, like you wrote the e-book in it or something. I believe that you simply can do with some % to pressure the message house a little bit, however instead of that, that is excellent blog. A great read. I'll definitely be back. I am sure this article has touched all the internet visitors, its really really pleasant post on building up new website. http://nissan.com

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

तेल ट्यांकरमा आगलागी, १० जनाको ज्यान गयो

तेल ट्यांकरमा आगलागी, १० जनाको ज्यान गयो

काठमाडौं ।  तेल बोकेको ट्रक पड्कँदा कम्तिमा १० जनाको ज्यान गएको छ । प्रहरीका अनुसार केन्याबाट कंगोतिर जाँदै..

कश्मीरमा भारतीय सेना र पाकिस्तानी सेनाबीच भिडन्त ८ को मृत्यु, भिडन्त जारी

कश्मीरमा भारतीय सेना र पाकिस्तानी सेनाबीच भिडन्त ८ को  मृत्यु, भिडन्त जारी

भारत र पाकिस्तानबीच बिबादमा रहेको कश्मीरको विवादित क्षेत्रमा भारतीय सेना र पाकिस्तानी सेनाबीच भिडन्त हुँदा ८ सैनिकक..

२३३ यात्रु बोकेको जहाज मकैबारीमा आपतकालीन अवतरण

२३३ यात्रु बोकेको जहाज मकैबारीमा आपतकालीन अवतरण

काठमाडौैं । २ सय ३३ जना यात्रु बोकेको एउटा रुसी जहाज मस्को नजिकै आपतकालीन अवतरण गराइएको छ । चराहरुको हूल जहाजको..

बंगलादेशमा डेंगुको प्रकोप : ४० को ज्यान गयो

बंगलादेशमा डेंगुको प्रकोप : ४० को ज्यान गयो

काठमाडौं । बंगलादेशमा डेंगुको प्रकोप देखिएको छ । सन् २०१९ को जनवरीदेखि हालसम्म ४० ले ज्यान गुमाएका छन् भने हजारौं य..