×
अर्थ डेली प्रकाशित: २०७६-४-२८ गते

विद्यतु प्राधिकरणले एक वर्षमै कमायो ७ अर्ब २० करोड

 काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमै १४९ प्रतिशत नाफा वृद्धि भएको छ ।

लोडसेडिङ अन्त्य गरेर विद्युत प्रसारण र वितरणलाइनको सुदृढीकरणमा केन्दि्रत भएको विद्युत प्राधिकरणले एक वर्षमै ७ अर्ब २० करोड नाफा आर्जन गरेको छ ।

विद्युत प्राधिकरण लगातार तेस्रो वर्ष नाफामा गएको हो । कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो ।

२०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो ।

तर, घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

त्यसपछिका आर्थिक वर्ष २०७४/७४ मा पनि प्राधिकरणले २ अर्ब ८५ करोड नाफा कमायो । यो वर्ष भने प्राधिकरणको नाफामा उच्च वृद्धि भएको छ ।

योसँग विद्युत प्राधिकरणको कुल सञ्चित नोक्सानी १५ अर्ब १३ करोडमा झरेको छ । कुलमान नेतृत्वमा आउँदा प्राधिरकणको कुल सञ्चित नोक्सानी ३४ अर्ब ६१ करोड थियो ।

आर्थिक वर्ष २०७४/७५मा प्राधिकरकणको सञ्चित नोक्सानी २५ अर्ब ५९ करोड थियो । प्राधिकरणले एक वर्षमा नै सञ्चि नोक्सानी १० अर्बले घटाएको छ ।

प्राधिरकणले वर्षैसाल आफ्नो सञ्चित नोक्सानीलाई खुम्च्याउँदै लगेको छ । अबको एक देखि दुई वर्षमा प्राधिकरण सञ्चित नोक्सानीबाट बाहिर निस्कने अनुमान गरिएको छ ।

प्राधिकरणले आफ्नो नाफा बढाउँदै लगेकाले सञ्चित नोक्सनीलाई शुन्यमा झार्न लामो समय नलाग्ने अधिकारीहरु बताउँछन् ।

३४ वर्ष अघिसम्म प्राधिकरण निरन्तर घाटमा थियो । आव ०६६ ६७  मा प्राधिकरणले ६ अर्ब ९६ करोड घाटा बेहोरहेको थियो ।

प्राधिकरणलाई आव ०६७/६८मा ६ अर्ब ९ करोड, ०६८/६९मा ९ अर्ब ९५ करोड, ०६९/७०मा ३ अर्ब ४० करोड र ०७०/७१ मा ५ अर्ब १३ करोड घाटा भएको थियो कुलमान घिसिङ कार्यकारी भएर आउँदा यस्तो घाटा ८ अर्ब ८९ करोड थियो ।

प्राधिकरण उच्च घाटमा गएपछि आव ०६७/६८मा सरकारले सबै सञ्चित नोक्सानी मिनहा हगरेको थियो । त्यतिबेला प्राधिकरणको २७ अर्ब १८ करोड रुपैयाँ सञ्चित नोक्सनीलाई सरकारले मिनाहा गरेको थियो ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

1 Comments

Larae

August 14th, 2019 - 11:58PM

Howdy! This article could not be written any better! Going through this post reminds me of my previous roommate! He always kept preaching about this. I'll forward this information to him. Fairly certain he's going to have a good read. Thanks for sharing! Hello, i read your blog from time to time and i own a similar one and i was just wondering if you get a lot of spam responses? If so how do you protect against it, any plugin or anything you can recommend? I get so much lately it's driving me crazy so any assistance is very much appreciated. It's appropriate time to make some plans for the future and it's time to be happy. I have read this post and if I could I want to suggest you few interesting things or tips. Maybe you can write next articles referring to this article. I desire to read even more things about it! http://newground.com/

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

८० करोड नतिरेपछि सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

८० करोड नतिरेपछि सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक नेपाल स्याटेलाइट कम्पनीको अनुमति पत्र नेपाल दूरसञ्चार प्राधिकरणले खारेज गरेको छ।..

ओपो र बार्सिलोनाद्वारा सफल पार्टनरशिप नविकरण

ओपो र बार्सिलोनाद्वारा सफल पार्टनरशिप नविकरण

काठमाडौं । वैश्विकरुपमै अग्रणाी स्मार्टफोन ब्राण्ड ओपोले एफसी बार्सिलोनासंग आफ्नो तीन बर्षिय पार्टनरशिप नविकरण गरेक..

१७ गतेसम्म कर नतिरे फिल्म हलमाथि कारबाही गर्ने महानगरको चेतावनी

१७ गतेसम्म कर नतिरे फिल्म हलमाथि कारबाही गर्ने महानगरको चेतावनी

काठमाडौँ । चलचित्र घरहरुले मनोरञ्जन शुल्कबापतको कर नबुझाएपछि काठमाडौं महानगरपालिकाको राजस्व विभागले भदौ १७ गतेसम्मक..

स्वयम्भूस्थित यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

स्वयम्भूस्थित यातायात कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन..