images
images

शनिवार , २०७६ मंसिर  २८ ( Saturday , 2019 Dec 14 )

images
images

यस्ता व्यक्तिको यौनजीवन सधै सुखमय हुन्छ ? जान्नुहोस ५ तथ्य !

अर्थ डेली

प्रकाशित: २०७६-४-२५ गते

के तपाइलाई थाहा छ यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन् भन्ने कुरा । हो जीवनमा कतिपयको यौन जीवन दुखदायी हुन्छ, त कसै-कसैको रोमाञ्चक पनि । तर कसैले यसबाट चरम सन्तुष्ट प्राप्त गरिरहेका हुन्छन्, कसैले असन्तुष्ट पनि त्यति नै । हाम्रो समाजमा यौनसँग सम्बन्धित धेरै समस्याहरु रहेका छन् । यौनजन्य समस्याले नै विकृत रुप लिने हो । कतिपयले भन्छन्, - मैलें सोचेजस्तो यौन सन्तुष्ट पाइरहेको छैन । कतिपय गुनासो गर्छन्, मेरो पार्टनरले साथ दिएन । कतिपय जिज्ञासा राख्छन्, किन मेरो सिघ्र स्खलन भएको हो ? यो त समग्र मात्र हो । प्रत्येक व्यक्तिको इच्छा र चाहाना फरक-फरक हुन्छ ।

यौनको बारेमा यावत् जिज्ञासा सदियौंदेखि उठ्दै आइरहेका थिए । यौनलाई कसरी सुखमय बनाउने भनेर नयाँ नयाँ विधीहरुको खोज एवं प्रयोग पनि भइरहेको छ । यद्यपी यसमा थुप्रै कमीकमजोरी समेत देखिदै आएका छन् ।

कतिले आफ्नो यौनाङ्गको आकार, प्रकारलाई लिएर प्रश्न उठाउने गर्छन् । कतिले शारीरिक कुरालाई पनि यसमा जोड्ने गरेका छन् । यौन शारीरिक क्रिया जरुर हो । तर, यसमा शारीरिक उपस्थिती मात्र पर्याप्त छैन । यौनमा शारीरिक उपस्थिती जति आवश्यक छ, त्यो भन्दा बढी मानसिक उपस्थिती आवश्यक छ ।

फरकफरक रुची हुने

जुन जोडि एकसाथ खुसी हुन्छन् र आफ्नो यौन जीवनसँग सन्तुष्ट हुन्छन् । उनीहरुमा आफ्नो फरकफरक रुची हुन्छन् । उनीहरु जब साथमा हुन्छन् त्यतिखेर एकआपसमा समय बिताउँदा खुसी हुन्छन । तर, जब अलग अलग हुन्छन् त्यतिखेर पनि उनीहरु आ(आफ्नो रुचीहरुलाई पुरा गर्न चाख राख्छन् ।

एक अर्कालाई प्राथमिकता दिने

यदि तपाईंहरु एकअर्कासँग जोडिन नै सक्नुभएन भने तपाईंको यौन जीवन सुखी हुन सक्दैन । यसैले जुज जोडीले एकअर्कालाई प्राथमिकता दिन्छन् उनीहरु बेडरुममा पनि एक अर्कासँग छिट्टै खुल्न र घुलमिल हुन सक्छन् ।

बिना कुनै कारण किस गर्ने

तपाइर्ंले यौन सम्बन्धको क्रममा आफ्नो पार्टनरलाई किस गर्नैपर्छ भन्ने हुँदैन । तर, सुखी यौन जीवन जिउने मानिसहरु विनाकारण र दिनको जुनसुकै समयमा जब आफ्नो पार्टनरको साथमा हुन्छन त उनीहरुलाई किस गर्ने मौका छाड्दैनन् । यसले तपाई आफ्नो पार्टनरलाई आफूले कति ख्याल गर्नुहुन्छ त्यो देखाउन सक्नुहुन्छ ।

काम बाँड्ने

अध्ययनका अनुसार जुन दम्पतीले आफ्नो घरको काम बाँड्छन् र आफ्नो पार्टनरको कामलाई पुरा गर्न उनीहरुको मद्दत गर्छन त्यस्ता जोडीको यौन जीवन सुखद हुने देखाएको छ ।

त्यसैले तपाईंपनि यौन जीवन सुखद बनाउनको लागि काम बाँडेर गर्नुहोस् । यसले पार्टनरलाई समान भएको महसुस हुन्छ र तपाईंले उनीहरुको लागि आफ्नो माया र स्नेह देखाउन सक्नुहुन्छ ।

यौन र मानसिकता

मानिसको शारीरिक र मानसिक स्वास्थ्यको साथमा यौन स्वास्थ्य पनि सही हुन आवश्यक छ ताकी आफ्नो जीन्दगीलाई राम्रो तरिकाले जिउन सकियोस् ।

यदि तपाईंको यौन स्वास्थ्य राम्रो छैन भने यसैको कारण तपाईंको जीवनमा अन्य समस्याहरु उत्पन्न हुन सक्छन् । यसकारण तपाईंले आफ्नो यौन स्वास्थ्यलाई राम्रो बनाउनको लागि केही तरिका अपनाउनु पर्छ ।

जुन मानिसहरु आफ्नो यौन जीवनसँग खुसी रहन्छन् भने उनीहरुमा केही यस्ता विशेष बानी हुन्छन् । ती बानीहरुले उनीहरुलाई आफ्नो पार्टनरसँग सन्तुष्ट मात्रै बनाउँदैन उनीहरुलाई सुखी यौन जीवन राख्नको लागि प्रेरित गर्छ । यी बानीहरुलाई अपनाएर तपाईं पनि आफ्नो यौन जीवनलाई राम्रो बनाउन सक्नुहुन्छ ।

एक अर्काको रुचिमा चाख लिने

तपाईको पार्टनर के चाहन्छन यो जान्नु तपाईको लागि धेरै महत्वपूर्ण छ । यो कुरा थाहा पाएमा मात्रै तपाईंले आफ्नो यौन जीवनलाई राम्रो बनाउने सक्नुहुन्छ । जो मानिस सुखी यौन जीवन जिउँछन उनीहरु आफ्नो पार्टनरको साथमा उनीहरुको इच्छा र रुचिहरुलाई बुझेर त्यसलाई पुरा गर्न कोसिस गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855