×
अर्थ डेली प्रकाशित: २०७६-३-१० गते

उर्जामन्त्री पुन र चिनिया राजदूत यान्छीबीच भेटवार्ता

 काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ र चिनिया राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित उर्जामन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्विपक्षिय हित र चासोका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र बजार विस्तारको लागी पहल गरिरहेको भन्दै चिनिया लगानीकर्तालाई नेपालमा लगानीको लागी पहल गरिदिन आग्रह गरेका छन ।

उनले सरकारले जलविद्युतको लागी भारत र बंगलादेशमा बजारको लागि पहल जारी राखेको जानकारी समेत दिएका छन ।

‘नेपालमा जलविद्युत क्षेत्रमा नयाँ सम्भावना छ, लगानी र बजार विस्तारका लागि हामी पहल गरिरहेका छौं, भारत र बंगलादेशसँग समेत यसबारेमा छलफल भइरहेको छ । यसमा चिनिया लगानीकर्ताको सकरात्मक सहयोग आवश्यक छ’, मन्त्री पुनले भने ।

चिनिया लगानीकर्ता र निर्माणकम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडिको कारणबारे पनि जिज्ञासा राखेका थिए ।

जवाफमा राजदूत यान्छीले चिनिया कम्पनिले भोगेका समस्याहरुको बारेमा जानकारी दिँदै त्यसबारेमा आफूले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताएका छन ।

मन्त्री पुनले राजदूतसँगको भेटमा भने, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहां किन गर्न सकिरहेका छैनन् । समस्या के हो जसका कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौ । ’

उनले चिनिया कम्पनीले निर्माण गरिरहेको त्रिशुली ३ ए जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिँदै आयोजना सम्पन्न गर्नको लागी समन्वय गरिदिन आग्रह गरेका छन ।

मन्त्री पुनले दूधकोशी जलविद्युत आयोनामा हाल विश्व वैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजना सम्पन्न गर्नको लागी थप २ खर्व अपुग भएकोले चिनिया सहयोगको लागी पहल गरिदिन आग्रह गरेका छन ।

भेटमा चिनिया राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको जानकारी दिएकी छन।

उहाँले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियां कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिएकी छन।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

4 Comments

Betsy

July 02nd, 2019 - 6:40AM

I’ve been surfing online more than three hours today, yet I never found any interesting article like yours. It’s pretty worth enough for me. In my view, if all website owners and bloggers made good content as you did, the internet will be a lot more useful than ever before. I've been surfing on-line more than 3 hours lately, yet I never discovered any interesting article like yours. It is pretty price enough for me. In my opinion, if all site owners and bloggers made excellent content as you did, the web can be a lot more useful than ever before. Does your site have a contact page? I'm having problems locating it but, I'd like to shoot you an email. I've got some creative ideas for your blog you might be interested in hearing. Either way, great blog and I look forward to seeing it expand over time. http://cspan.co.uk

Cyrus

August 31st, 2019 - 10:21PM

Today, I wеnnt to thee besch front with my children. I found a sea shelⅼ andd gave it to mу 4 year old daughter and said "You can hear the ocean if you put this to your ear." Sһe put tthe shell to her ear and scгeamed. There was a hermit crab inzide and it pinched her ear. She never wants to go back! LoL I knoow thiѕ is entirely off toрic but I had tto tell someone! https://pokerdam.net/sbobet-mobile-indonesia-solusi-main-bola-dari-idbet88/

Agen Dominoqq

September 29th, 2019 - 6:55PM

I couldn't refгain from commenting. Exceptionally well written! http://www.arredoufficiomarca.com/?option=com_k2&view=itemlist&task=user&id=1697524

housefull 4 movie dvd ripped

October 15th, 2019 - 3:28AM

Thanks for this awesome post. Do you know hindi movie HouseFull 4 is leaked online. You can download it and watch it. Enjoy watching House Full HD Quality online. https://housefull4hdrip.blogspot.com/2019/09/housefull-4-movie-leaked-hdrip-awesome.html

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

‘पाहा’ पालनको प्रवर्द्धन गर्दै प्रदेश सरकार

‘पाहा’ पालनको प्रवर्द्धन गर्दै प्रदेश सरकार

पशुपंक्षी तथा मत्यपालन सँगसँगै प्रदेश नं ३ सरकारले ‘पाहा’ पालन व्यवसायको प्रवर्द्धन गर्ने भएको छ। प्रदे..

इन्भेष्टमेन्ट बैंकले साढे १० प्रतिशत बोनस सेयर र साढे ८ प्रतिशत नगद लाभांश दिने

इन्भेष्टमेन्ट बैंकले साढे १० प्रतिशत बोनस सेयर र साढे ८ प्रतिशत नगद लाभांश दिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले आफ्ना सेयरधनीलाई साढे १० प्रतिशत बोनस सेयर तथा साढे आठ प्रतिशत नगद लाभांश दिन..

कफी आयातमा भन्सार बढ्यो, निर्यात उत्साहजनक

कफी आयातमा भन्सार बढ्यो, निर्यात उत्साहजनक

काठमाडौं । सरकारले विभिन्न १४ मुलुकबाट नेपालमा भित्रिने कफी तथा कफी मिसिएको बस्तु आयातमा भन्सार महसुल १० प्रतिशत वृ..

सांसदलाई पर्यटनमन्त्रीको जवाफ : एयरपोर्टमा भीआईपी सुविधा नपाउँदैमा सानो भइँदैन

सांसदलाई पर्यटनमन्त्रीको जवाफ : एयरपोर्टमा भीआईपी सुविधा नपाउँदैमा सानो भइँदैन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न न..