×
अर्थ डेली प्रकाशित: २०७६-३-१० गते

राजनीतिक तहमा टुङ्ग्याउन खोज्दा नागरिकता विधेयक अगाडि बढ्न सकेन : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले राजनीतिक तहमा टुङ्ग्याउन खोज्दा नागरिकता विधेयकमाथिको छलफल अगाडि बढ्न नसकेको बताएका छन् ।

मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा उनले भने, ‘नागरिकताको बारेमा निकै लामो छलफल गर्यौं । यसलाई राजनीतिक तहमा टुङ्ग्याएर जाँदा सहज होला भन्ने भयो । तर, अझै अगाडि बढेको छैन ।’

त्यसअघि सांसदहरुले विधेयकहरु ल्याउने तर छलफलमा अगाडि किन नबढाउने भन्दै प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री थापाले नागरिकता विधेयक अलि बढी संवेदनशील विषय भएकोले ढिलाइ भएको प्रष्टिकरण दिएका छन ।

नागरिकता विधेयकबारे राष्ट्रिय सहमति खोज्न संसदको राज्य व्यवस्था समितिले गत फागुन ७ गते ९ सदस्यीय उपसमिति गठन गरेको थियो । प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गरी सहमति जुटाउन उपसमितिलाई एक महिनाको समय दिइएको थियो । तर, उपसमितिले हालसम्म सहमति जुटाउन सकेको छैन ।

नागरिकता विधेयकमा नेपाली महिलासँग बिहे गर्ने विदेशी पुरुष र नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने मुख्य विवाद छ । त्यस्तै खारेजी भएको नागरिकता प्रचलनमा ल्याए कति सजाय गर्ने भन्ने विषयमा पनि मतभेद छ ।

उपसमितिको संयोजकमा विजय सुब्बा छन् । उपसमिति सदस्यहरुमा यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहाय यादव, लक्ष्मी चौधरी, मीना पाण्डे, राजकिशोर यादव र प्रेम सुवाल छन् ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

सम्बन्धित समाचार

अब ३५ वर्षसम्मका मात्रै युवा

अब ३५ वर्षसम्मका मात्रै युवा

काठमाडौं । सरकारले युवाको उमेर समूह पाँच वर्ष घटाउने प्रस्ताव गरेको छ। राष्ट्रिय युवा परिषद्ले तयार पारेको &lsqu..

यसरी भयो नेकपामा भागबन्डा (विभागहरूको सूची सहित)

यसरी भयो नेकपामा भागबन्डा (विभागहरूको सूची सहित)

काठमाडौं । नेकपामा केही महत्वपूर्ण विभागहरूको नेतृत्वको टुंगो लागेपनि स्कुल विभागमा अझै सहमती जुटेको छैन। पार्टी..

सत्तारुढ नेकपा निकट अनेरास्ववियूले अब कसैसँग चन्दा नलिने

सत्तारुढ नेकपा निकट अनेरास्ववियूले अब कसैसँग चन्दा नलिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियूले अबदेखि कसैसँग पनि चन्दा..

शान्तिपूर्ण राजनीतिमा आउने भए मात्र विप्लवसँग वार्ता हुन्छ : मन्त्री बास्कोटा

शान्तिपूर्ण राजनीतिमा आउने भए मात्र विप्लवसँग वार्ता हुन्छ : मन्त्री बास्कोटा

काठमाडौं । सरकारले विप्लवसँग शक्ति सञ्चयका लागि वार्ता गर्ने प्रष्ट पारेको छ। सूचना तथा प्रविधिमन्त्री गोकुलप्रस..