×
अर्थ डेली प्रकाशित: २०७६-३-२ गते

सडक दुर्घटनामा १८ जनाको मृत्यु

काराकस । पश्चिम भेनेजुएलाको ग्रामीण इलाकामा आइतबार भएको एक बस दुर्घटनामा कम्तीमा १८ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस दुर्घटनामा १४ जनाको दुर्घटनास्थलमा नै मृत्यु भएको थियो । सोही दुर्घटनामा घाइते भएका ३३ जना घाइते भिल्ला डेल रसारियो अस्पतालमा उपचारको लागि भर्ना गरिएको र तीमध्ये पनि चार जनाको थप मृत्यु भएपछि सो सङ्ख्या १८ पुगेको प्रहरीले जनाएको छ ।

कोलोम्बियाको सीमा क्षेत्रमा पर्ने जुलिया राज्यको ग्रामीण इलाकामा यो दुर्घटना भएको थियो । सो दुर्घटनाको अनुसन्धान भइरहेको र दु्रतगतिमा सवारी साधन चलाएका कारण नै उक्त दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यस बसमा ५८ जना यात्रु सवार रहेका प्रत्यक्षदर्शीले स्थानीय पत्रिका पानोरामाले जनाएको छ ।

भेनेजुएलामा सडक मर्मत सम्भारमा कमी, जीर्ण सवारी सधान, चालक लापर्वाही जस्ता कारणले बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको एक प्रतिवेदनका अनुसार भेनेजुएलामा सन् २०१६ मा १० हजार ६ सय व्यक्तिको सडक दुर्घटनामा परी मृत्यु भएको थियो । 

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

इजरायली आक्रमणमा दुई प्यालेस्टिनीको मृत्यु

काठमाडौं । इजरायलले गाजा क्षेत्रमा बुधबार बिहानै गरेको हवाई तथा क्षेप्यास्त्र आक्रमणमा दुई जना प्यालेस्टिनीको मृत्य..

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै उच्च

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवम् मौसम क्षेत्रका अधिकारीहरु..

लता मंगेशकर गम्भीर बिरामी, आईसीयूमा राखेर उपचार

लता मंगेशकर गम्भीर बिरामी, आईसीयूमा राखेर उपचार

काठमाडौं । सर्वश्रेष्ठ गायिकाको सम्मान पाएकी लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । मुम्बईको ब्रीच केन्डी अस्पतालमा..

चिनियाँ प्रतिनिधिलाई भारतले भिसा नदिएपछि भारत–चीन व्यापार वैठक स्थगित

चिनियाँ प्रतिनिधिलाई भारतले भिसा नदिएपछि भारत–चीन व्यापार वैठक स्थगित

काठमाडौं । भारत र चीनबीच यसै हप्ता हुने भनिएको व्यापार वैठक स्थगित भएको छ। चिनियाँ टोलीलाई भारतले भिसा नदिएपछि म..