×
अर्थ डेली प्रकाशित: २०७६-२-३० गते

घर फर्किए आबुधाबीमा अलपत्र ७ नेपाली

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा अलपत्र ७ नेपाली त्यहाँस्थित नेपाली दूतावासको पहलमा स्वदेश फर्किएका छन् ।

कम्पनीले तलब नदिएपछि ३ महिनादेखि समस्यामा परेका १२ मध्ये ७ नेपालीलाई दूतावासले प्रक्रिया पुर्‍याएर घर फर्काएको हो ।
दूतावासको सहयोगमा घर फर्कनेमा मोरङका सन्तोष गुरुङ, सानु राई ,लालध्वज राई, नवलपुरका गया चौधरी, सुनसरीका इन्द्र महतो, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे छन् । यीमध्ये ४ जना मंगलबार र ३ जना बुधबार स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

काठमाडौंको महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत यूएई आएका उनीहरु एक कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा कार्यरत थिए थिए । तर, कम्पनीले तलब नदिएर उनीहरुलाई अलपत्र बनाएको थियो ।

कम्पनीले अलपत्र पारेपछि पीडित कामदारले एक महिनाअघि समस्याबारे दूतावासलाई अवगत गराउँदै निवेदन दिएका थिए । पीडितको उजुरीपछि दूतावासले पहलकदमी लिएर नेपाल फर्काएको हो ।

नेपाल फर्कनेमध्ये ४ जनालाई कम्पनीले करार अवधि पूरा नभएको भन्दै जरिवानासमेत तिराएको छ । दुई वर्षे करार अवधि पूरा नभइ फर्कनु परेकाले मेनपावर कम्पनी जिम्मेवार हुनुपर्ने पीडितको भनाइ छ । युएई पठाउने मेनपावरले भने समस्या समाधानमा प्रतिवद्ध रहेको जनाएको छ ।

मोरङका सन्तोष गुरुङले आफूहरुले पाउनुपर्ने पूरा तलब नपाएको गुनासो गरेका छन । कम्पनीले १ महिनाको ८ सय दिराम तलब दिए पनि उल्टै जरिवाना गराएको उनले बताएका छन । कम्पनीले दिएको पैसा खाना खान ठिक्क भएपछि साथीसँग ऋण लिएर घर फर्कन लागेको उनको भनाइ छ । उनीसँगै सानु, गया र इन्द्र आफैं टिकट काटेर फर्किएका छन् ।

अन्य ३ जनाको भने एकमहिनाको तलवबाट कटाएर कम्पनीले हवाईटिकट उपलब्ध गराएको छ । तर ६ महिनादेखि ओभरटाइम गर्दाको पैसा भने नदिएको बुटवलका हरिप्रसाद गैरेले जनाए । उनीहरु १० महिनादेखि उक्त कम्पनीमा काम गदै आएका थिए ।

यता दुवईमा रहेका अन्य ५ जनाले पनि नेपाल फर्कने जनाएका छन् । उनीहरुले कम्पनीमा राजीनामा समेत बुझाइ सकेको पीडित शिशिर राईले बताएका छन ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

सम्बन्धित समाचार

मानव तस्करीको जालो : जागिरको प्रलोभनमा मानव तस्करी

मानव तस्करीको जालो : जागिरको प्रलोभनमा मानव तस्करी

 वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन्। क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा..

अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसियाको क्षेत्रीय सम्मेलन सम्पन्न

अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसियाको क्षेत्रीय सम्मेलन सम्पन्न

अन्तरास्ट्रिय तामाङ परिषद पुर्ब एसिया को छेत्रीय सम्मेलन थाईल्याण्डको राजाधानी बैंककमा सम्पन्न भएको छ । पुर्बी एसिय..

वैदेशिक रोजगारी : एक दशकमा ७,३०४ को मृत्यु

वैदेशिक रोजगारी : एक दशकमा ७,३०४ को मृत्यु

वैदेशिक रोजगारीमा गएकामध्ये पछिल्लो एक दशकमा ७ हजार तीन सय चार जनाको ज्यान गएको छ। नेपालबाट हरेक वर्ष चार लाख हाराह..

युएईमा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम भव्यरुपमा सम्पन्न ।

युएईमा २५६३ औं बुद्ध जयन्ती कार्यक्रम भव्यरुपमा सम्पन्न ।

नेपाल आदिवासी जनजाति महासंघ युएई लगायत महासंघ मातहतका ११ ओटा जातिय संघ संस्थाहरुको संयुक्त आयोजनामा युएईमा महामानव..