×
अर्थ डेली प्रकाशित: २०७६-२-१५ गते

नेपालमा गणतन्त्र सेनाले ल्याएको हो ,माओबादीले होइन ( भिडियो सहित )

पशुपतिनाथ मन्दिरको एउटा पूजारी परिवर्तन गर्न नसक्ने,
रुक्मांगत कटुवाललाई हटाउन नसक्ने,
नन्दप्रसाद अधिकारीको लाश जलाउन नसक्ने
पुष्पकमल दाहालले गणतन्त्र ल्यायो भनेर पत्याउन सकिन्छ

२०६३ पछि आम विषय बनेको गणतन्त्र तात्कालिन माओवादीले ल्याएका हुन् भनी धेरैले अड्कल लगाउँछन् । हुनत पुर्वपञ्चहरुको पार्टी वाहेक अन्य सबै राजनीतिक दलहरु आफ्नो हिस्सामा गणतन्त्र प्राप्तीको हिसाब लगाइरहेकै छन् । तर, तलका केही तथ्यहरुलाई मनन् गर्ने हो भने नेपालमा गणतन्त्र कसरी आयो होला भनी घोत्लन बाध्य बनाउँछ ।

 

२०७२ सालको गणतान्त्रिक संविधानलाई लागू गराउन सरकारका लागि पनि निक्कै ठूलो चुनौतीको विषय बनेको छ । तर यो चुनौतीलाई सरकारले कत्तिको अवसरको रूपमा लिन्छ भन्ने राजनीतिक प्रश्नको उत्तरमा विश्लेषक अर्जुन ज्ञवाली भन्छन् ‘बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन भनेर चुनावताका जुन ध्रुविकरण देखियो, ती नत बामपन्थी ध्रुविकरण थिए नत प्रजातान्त्रिक ध्रुविकरण नै थियो । तैपनि त्यसका केहि राजनैतिक र बैचारिक आधार भने पक्कै थिए ।

नेपालको पहिलो कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भएको दिनदेखि नै विवादमा छ । किनभने पुष्पलालले राणा सरकारले पठाएका जासूसहरु राखेर २००६ सालमा एकलौटी रूपमा कम्युनिष्ट पार्टी घोषणा गरिदिए । त्यहि घोषणाको आधारमा पुष्पलाललाई संस्थापक भनियो र मानियो पनि । नेपाल कम्युनिष्ट नै विवास्पद छ र सिद्धान्तिक र बैचारिक रूपमा पनि विवादास्पद छ, जुन विवाद आजका दिनसम्म आइरहेको छ ।’

अहिलेको केपी ओलीको लिगेसी भनेको झापा आन्दोलनको लिगेसी हो । यो मदन भण्डारीको लिगेसी हैन । जबकी बुझ्नेहरुले ओलीको लिगेसिलाई पनि मदन भण्डारीकै लिगेसिको रूपमा बुझ्ने गरेका छन्, ‘२०४६ साल नेपाली राजनीतिमा एउटा सेटल भएको हो । त्यसबेला कांग्रेसले नेतृत्व लिएको थियो । त्यस पश्चात राजतन्त्रसहितको संबिधान निर्माण भएको थियो । नेपालमा संसदीय परम्परा जबसम्म राजतन्त्र थियो तबसम्म मात्र हाबी थियो ।’

२०६२र६३ तिर फर्केर मुल्यांकन गर्दै ज्ञवाली भन्छन् ‘२०६२र६३ मा एउटा राजनीतिक मुभमेन्ट भयो । यहाँ धेरैलाई भ्रम छ, नेपालमा गणतन्त्र माओबादीले ल्यायो । गणतन्त्र कम्युनिष्टहरुले ल्यायो भने । तर, त्यो भ्रम मात्र हो । वास्तवमा नेपालमा गणतन्त्र नेपाली सेनाले ल्याएको हो ।’

‘नेपालमा गणतन्त्र चीन, क्युवा जस्ता मुलुकहरुमा झैं राज्यसत्ता कब्जा गरेर आएको हैन । नेपालमा गणतन्त्र नेपाली सेनाले आफ्नो परमाधीपतिलाई छोडिदिएपछि आएको हो । नेपालको गणतन्त्र राज्यसत्ता कब्जा गरेर आएको हैन । यो देशमा गणतन्त्र ल्याउने पनि नेपाली सेना नै हो किनभने उसले आफ्नो परमाधिपतिको रक्षा गर्न सकेन’, ज्ञवाली भन्छन्, ‘पशुपतिनाथ मन्दिरको एउटा पूजारी परिवर्तन गर्न नसक्ने, रुक्मांगत कटुवाललाई हटाउन नसक्ने, नन्दप्रसाद अधिकारीको लाश जलाउन नसक्ने पुष्पकमल दाहालले गणतन्त्र ल्यायो भनेर पत्याउन सकिन्छ ?’संघीयता नेपालले धान्नै नसक्ने ज्ञवाली बताउँछन् । उनको तर्क छ, ‘संघीयता तीन प्रदेश भन्दा बढी हुनु हुँदैन ।’

भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस 

बाम गठबन्धनलाई तथाकथित विशेषण दिने अर्जुन ज्ञवालीका जल्दोबल्दो विचारका लागि भिडियोमा क्लिक गर्नुहोस् ।

 

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

म नेतृत्व लिन तयार छु : हरिशरण खरेल पर्यटन व्यवसायी

म नेतृत्व लिन तयार छु : हरिशरण खरेल पर्यटन व्यवसायी

यहि भाद्र २० गते हुन गइरहेको पर्यटन ब्यवसायीहरुको छाता सङ्गठन टानकाे नेतृत्व लिन आफु तयार रहेको युवा पर्यटन ब्यवसाय..

रबी लामिछाने पक्राउ प्रकरणमा प्रहरीको गतिविधिले उब्जाएको आशंका

रबी लामिछाने पक्राउ प्रकरणमा प्रहरीको गतिविधिले उब्जाएको आशंका

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि भन्दै न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन..

दाबिका साथ भन्दछु अहिलेको हज समितिले इतिहास रच्नेछ ।

दाबिका साथ भन्दछु अहिलेको हज समितिले इतिहास रच्नेछ ।

बुद्धिमान त्यहि हो जो पूर्ण संकल्पका साथ कार्य सम्पन्न गर्द्छ।त्यही मानिस बुद्धिमान हो, जो रिसमा पनि छुद्र बोली मुख..

‘म भष्टाचार गर्दिन , म भ्रष्टाचार हुन दिन्न’ भन्ने नाराको सार्थकता : निर्मल भट्टराई

‘म भष्टाचार गर्दिन , म भ्रष्टाचार हुन दिन्न’ भन्ने नाराको सार्थकता :  निर्मल भट्टराई

संविधान जारी भएपछि सबैमा यो कार्यान्वयन होला कि नहोला भन्ने चिन्ता थियो । तर यसको कार्यान्वयन संगसंगै अब देश विस्ता..