×
गोकर्ण बराल प्रकाशित: २०७६-२-२ गते

जबज : सहि प्रयोग गरे देश निमार्णको निम्ति सुन्दर योगदान हुनसक्छ

अहिले राष्ट्रपति अर्थात् मदनकी जीवनसंगीनी विद्यादेवी भण्डारी छिन् भने देशको प्रभावशाली नेता मदनका राजनीतिक सहकर्मी केपी ओली नै छन्। प्रधानमन्त्री ओली मदनको हत्याको छानवीन गर्न त्यतिवेला गठित आयोगका अध्यक्ष समेत थिए । स्मरण रहोस् ओलीले कुनै समय भनेका थिए –  म प्रधानमन्त्री भएँ भने मदन भण्डारी र जीवराज आश्रितका हत्यारा अवश्य पत्ता लगाउँनेछु। ओली मात्रै नभएर विद्या समेत राज्यको सर्वोच्च पदमा पुगेकी  छिन्।त्यो पनि दुवै जना दुई पटक नै ? प्रश्न उठ्नु स्वभाविक छ- के मदन भण्डारीका हत्यारा पत्ता लाग्लान ? मदनको ओतमा छहारी लिँदै आत्म केन्द्रित त्रुटिपूर्ण दृष्टिकोणको भ्रमरुपी गतिविधिले नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जवजलाई उग्रवामपन्थतासंग जोड्न खोज्जे केही पुर्व एमालेका नेतृत्वको प्रवृत्ति गलत छ। मदनको हत्याले सवै भन्दा बढी असर कसैलाई परेको थियो भने त्यो विद्यादेवीलाई नै परेको थियो। मदनका हत्यारा पत्ता लगाएर कारवाही गराउन उनको मनले नखोजेको त पक्कै होईन होला । तर पनि व्यवहारमा हत्याराको खोजी किन हुन सकेन ? फेरी उही प्रश्न आयो मनमा । मदन भण्डारी नेपाली राजनीतिका एक अद्भुत जननेता हुन्। पार्टीगत रुपमा एमालेका महासचिव भएपनि उनी मुलुक कै आशालाग्दा नेताका रुपमा उदाएका थिए।  प्रखर वक्ता मदन भण्डारीको प्रसंशा नगर्ने सायद कोही थिएन। काँग्रेसका जननायक विपी कोईराला र एमालेका जननेता मदन भण्डारी नेपालमा सवैले पुज्ने नेताहरु हुन अहिले पनि।

उनी देशको मुहार फेर्ने खाका र राष्ट्रियताका सवालमा वैचारिक रुपमा सुस्पष्ट थिए। एमालेको महासचिव रहेकै बेला तिनै अद्भुत नेताको रहस्यमय हत्या भएको वि.सं. २०५० साल जेठ ३ गते चितवनको दासढुङगामा जिप दुर्घटनामा परी उनको निधन भएको थियो। तर त्यो दुर्घटनालाई भने रहस्यमय र मदन भण्डारीको हत्या योजना अनुरुप भएको मानिएको छ । दुर्घटनामा मदनसंगै रहेका एमालेका संगठन विभाग प्रमुख जिवराज आश्रितको पनि निधन भएको थियो। चालक अमर लामा जिवितै फर्किन सफल भए। उनको पनि २०६० सालमा रहस्यमय हत्या भयो। ति तिनै जनाको हत्याको रहस्य अझै सम्म पनि पत्ता लागेको छैन।

विद्याले २०३९ सालमा तत्कालिन नेकपा मालेका महासचिव मदन भण्डारीसित भूमिगत रुपमै विवाह गरेकी थिइन् । मदन र विद्यादेवीका दुई छोरीहरु उषाकिरण र निशाकुशुम भण्डारी छन्। विद्याले राष्ट्रपतिको जिम्मेवारी सम्हालेको दिन पनि मदन र विद्याकी जेठी छोरी उषाकिरण भण्डारीले आफ्नो पिताको मृत्युलाई हत्या भएको बताएकी थिईन्। भण्डारीको हत्यामा चालक अमर लामाको संलग्नता रहेको आरोप लगाईयो । अमर लामा जेल परे, जेलबाट छुटेपछि घटनाका एकमात्र जीवित साक्षी लामाले यस बारेमा रहस्य खोलेनन्। पछि लामाको पनि हत्या भयो। उनको हत्या तद्कालिन बिद्रोही नेकपा माओवादीले गरेको आरोप लगाइए पनि बिद्रोही नेकपा माओवादीले भने आफुले हत्या नगरेको भन्दै आरोपको खण्डन गरेको थियो  तर किन लामाको हत्या भयो भन्ने कुरा खुलेन। न त एमालेले नै माओवादीसँग यसबारेमा सोधीखोजी गर्यो‍, न कसैले यसमा चासो नै दियो।

भण्डारीको हत्या भएको अर्को बर्ष २०५१ सालमा एमालेको अल्पमतको एकमना सरकार गठन भयो। नेकपा एमालेका अध्यक्ष रहेका स्व. मनमोहन अधिकारी प्रधानमन्त्री निवर्वाचित भए। त्यही बेला पनि दासढुंगा हत्याकाण्डको छानवीनको चर्को माग फेरी उठ्यो। नौ महिना सरकार चलाएको एमालेले मदन आश्रितको रहस्यमय घटनाको बारेमा खासै कुनै प्रयत्न गरेन। तर पार्टीले गठन गरेको आयोगका संयोजक ओलीले एमालेको बहुमतको सरकार भए हत्यारा पत्ता लाग्ने दावी गरे।आज त्यहि पार्टी नेकपा भै भारी बहुमतमा छ भने दुई तिहाइको सरकार समेत ओलीको नेतृत्वमा छ । तर बर्षेनी फुल माला चढाउने बाहेक केहि हुन् सकेको छैन ।

उक्त घटनालाई हत्या भएको ठहर गर्दै कांग्रेसी सरकारका विरुद्धमा गरेको आन्दोलनपछि बनेको एमालेको सरकारले कांग्रेसी सरकारका विरुद्धमा अघि सारिएको प्रमुख मागका रुपमा रहेको दासढुंगा छानविनको बुँदा आफ्नो मागपत्रबाट एकाएक गायव पारिदियो । न त त्यसले आफैँले हत्या घोषित गरेको घटनाको छानविनलाई अघि बढायो न त जेलमा रहेको अमर लामासँग एक पटक पनि बयान लिने प्रयास गर्यो।

मदन र आश्रितको भिसेरा परीक्षण रिपोर्टमा अत्याधुनिक विष प्रयोग भएको कुरालाई लुकाइयो । राणा आयोगमा गएका एमालेका प्रतिनिधि हर्षनारायण धौभडेलले केपी ओलीको निर्देशनमा दासढुङ्गा हत्याकाण्डलाई ‘हत्या भएको होइन, दुर्घटना मात्र हो’ भनी सही गरे । एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाल लगायतले २०५५ सालमा एक पुस्तक लेखेका थिए ।  ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ जसमा माथिको कुरा उल्लेख गरिएको छ ।

‘सिदान्तका निम्ति जीवन होइन, जीवनका लागि सिदान्त जननेता  मदन भण्डारी नेपाली कम्युनिष्ट इतिहासको मात्र नभई विश्व साम्यवादी आन्दोलनका एक महान् अभियन्ताका युगपुरुष पनि थिए । मदन भण्डारी एउटा सामान्य व्यक्ति भन्दा पनि देशको स्वभिमानलाई उच्च राख्न देशभक्ति निस्वार्थ स्वतन्त्रताको लडाईका एक वीरपुरुष थिए । नेपाली राजनीतिको सर्वाधिक  लोकप्रिय राजनेता  मदन भण्डारी कम्युनिष्ट आन्दोलनको प्रजान्त्रीकरणका नायक जनाताको वहुदलीय जनवादका प्रवर्तक एवम्  नवीन विचारक मदन नेपाली समाजको प्रगतिशील रुपान्तरण गर्ने निष्ठावान् राष्ट्रप्रेमि गौरवशाली नयन हो।

वि.स. २००९ असार १४ गते बुवा देवीप्रसाद भण्डारी र आमा चन्द्रकुमारी भण्डारीका माहिला छोराको रुपमा पूर्वी नेपालको पहाडी ताप्लेजुङ्ग जिल्ला ढुङ्गेसाँघुमा जन्मेका मदन भण्डारीमा  बहुमुखी प्रतिभाले भरिपूर्ण थिए । मदन भण्डारीको राजनीतिक जीवन पुष्पलाल श्रेष्ठले नेतृत्व गरेको नेकपाको भातृ संगठन नेपाली जनवादी सांस्कृतिक संघबाट सुरु भएको हो । ‘राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन भन्ने मदनको  राजनीतिक जीवन यात्राको सुरुवात २०२४ सालदेखि  बनारसबाट भएको थियो । जीवराज आश्रित र मदन भण्डारी जस्ता जोसिला युवा नेताहरुको सक्रियतामा २०३४ सालमा पुष्पलालसँग विद्रोह भयो।  यता झापाली समूहले वि.स. २०३२ सालमा अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी (माले) गठन गरिसकेका थिए। जसलाई कोके पनि भनिन्थ्यो। मुक्ति मोर्चा समूहको २०३४ साल भदौ १४ गते कोकेसंग एकता भयो।

नेकपा मालेको स्थापना भयो भने २०४६ भदौमा सम्पन्न चौथो महाधिवेशनबाट मदन महासचिवमा निर्वाचित  भए। प्रथम जनआन्दोलन २०४६ मा पार्टीको तर्फबाट सुप्रिम कमाण्डरको जिम्मेवारी सम्हाल्नु भएको भण्डारीले २०४७ मा निर्मित नेपाल अधिराज्यको संविधानलाई आलोचनात्मक समर्थन गर्ने एउटा दुरदर्शितापूर्ण निर्णय गरे । २०४६ मा माले र मार्क्सवादी एकीकरणपछि मनमोहन अधिकारीलाई अध्यक्ष बनाएर उनी महासचिव बने। वि.स. २०४८ सालमा सम्पन्न संसदीय निर्वाचनमा तत्कालिन नेपाली काङ्ग्रेसका सभापति तथा मुलुकका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई चुनावमा परास्त गरेका थिए। मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गमा भएको रहस्मय जीप दुर्घटनामा परि दुःखद अवसान भयो। नेपाली जनवादी आन्दोलनको नेतृत्वकारी विचार अर्थात जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी सिंगो मुलकले गुमायो। जनताका  हृदयमा नमेटिने छापका रुपमा वसिसक्नु भएका  मदन राष्ट्रको एक अपरिहार्य जननेताको रुपमा परिभाषित हुनुभएको  छ।

नेकपा एमालेको राजनितिक कार्यक्रमका रुपमा मदन भण्डारीद्धारा प्रतिपादित जनताको बहुदलिय जनवाद पाँचौँ राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको मौलिक कार्यक्रमिक रुपमा स्विकृत भएको हो। त्यसैले यसको बिकास पनि क्रमिक रुपमा हुँदै छैटौँ राष्ट्रिय महाधिवेशन पछि नेपाली क्रान्तिको सिद्धान्तको रुपमा पार्टीले आत्मसाथ गर्दै आएको छ।

यो देशको समाजवादी आन्दोलन र न्यायपूर्ण समाज रुपान्तरण कार्यक्रमको नाम नै जनताको बहुदलीय जनवाद हो। उग्रबामपन्थी चिन्तनले गर्दा हिंसा र अधिनायकत्वको प्रतिक जस्तो बनाइएको बामपन्थी आन्दोलनलाई लोकतान्त्रिकरण गर्दै ‘बदलिँदो विश्व परिबेशमा बिभिन्न आयामको सुक्ष्म बिश्लेषण तथा शान्तिपूर्ण ढंगमा सामाजिक परिवर्तन सम्भव छ भन्ने मान्यतालाई स्थापित गरेका हुनाले नै जबज नेतृत्वकारी विचार हो। मदन भण्डारीले नेपाली जनवादी क्रान्ति र विश्व कम्युनिष्ट आन्दोलनको सन्दर्भमा जनताको बहुदलीय जनवाद मार्फत १४ बुँदे विशेषतालाई वैज्ञानिक ढङ्गले प्रस्तुत गर्नुभएको छ। संविधानको सर्वोच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुमतिय सरकार र अल्पमतको विपक्ष, राष्ट्रिय हितअनुरुपको विदेशी नीति, नेतृन्व र अधिनायकत्व लगायतका महत्वपूर्ण १४ बुँदाहरुमा परिभाषित जवज नेपाली समाजको विशिष्टतामा मार्क्सवादको सिर्जनात्मक प्रयोग हो।

जनताको बहुदलीय जनवादले मानव समाजको विकासका क्रममा मानव जातिले आर्जन गरेका जीवन्त र मूल्यवान उपलब्धिहरुलाई आत्मसात् गर्दै त्यसको जगमा उभिएर मार्क्सवाद लेनिनवादको रक्षा र विकास गर्न चाहेको छ। जवजले समाजको परिवर्तन, विकास र अग्रगतिका लागि सामाजिक नियन्त्रण र सन्तुलनको सिद्धान्तलाई आत्मसाथ गर्दै शान्तिपूर्ण संघर्षमा यावत रुप र तरिकालाई प्रयोग गर्दै वलात् परिवर्तनलाई सहज बनाउन चाहेको छ। जनता नै शक्तिका स्रोत, राज्य व्यवस्थाको सार नै जनता र राष्ट्रको हित एंवम कल्याण हो भन्ने मान्यतालाई स्वीकार गरिएको यही मान्यताका आधारमा राज्यशक्तिलाई लोकतान्त्रिक ढङ्गले संङ्गठित र परिचालित गर्न खोजेको छ। ‘निषेधको निषेध सम्बन्धीु द्धन्द्धात्मक भौतिकवादी दार्शनिक अवधारणालाई गहिराइका साथ आत्मसात् गर्दै गतिशील बस्तुको पतनशील पक्षलाई छाडेर सुस्थिर पक्षलाई  अघि बढाउने सन्तुलनकारी मानयतालाई अघि सारेको छ।  नेपाली समाजमा विकसित राष्ट्रवाद, मानवतावाद र  जनवादलाई  समाजको विशेषता र विशिष्टता अनुरुप अघि बढाउने जवजको यो विचार देश निमार्णको निम्ति सुन्दर योगदान हुनसक्छ।

 

 

 

 

सम्बन्धित विषय: गोकर्ण बराल

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

mgid.com, 313862, DIRECT, d4c29acad76ce94f
Loading...

सम्बन्धित समाचार

म नेतृत्व लिन तयार छु : हरिशरण खरेल पर्यटन व्यवसायी

म नेतृत्व लिन तयार छु : हरिशरण खरेल पर्यटन व्यवसायी

यहि भाद्र २० गते हुन गइरहेको पर्यटन ब्यवसायीहरुको छाता सङ्गठन टानकाे नेतृत्व लिन आफु तयार रहेको युवा पर्यटन ब्यवसाय..

रबी लामिछाने पक्राउ प्रकरणमा प्रहरीको गतिविधिले उब्जाएको आशंका

रबी लामिछाने पक्राउ प्रकरणमा प्रहरीको गतिविधिले उब्जाएको आशंका

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानविनको लागि भन्दै न्युज २४ टेलिभिजनका पत्रकार रवि लामिछानेसहित तीन..

दाबिका साथ भन्दछु अहिलेको हज समितिले इतिहास रच्नेछ ।

दाबिका साथ भन्दछु अहिलेको हज समितिले इतिहास रच्नेछ ।

बुद्धिमान त्यहि हो जो पूर्ण संकल्पका साथ कार्य सम्पन्न गर्द्छ।त्यही मानिस बुद्धिमान हो, जो रिसमा पनि छुद्र बोली मुख..

‘म भष्टाचार गर्दिन , म भ्रष्टाचार हुन दिन्न’ भन्ने नाराको सार्थकता : निर्मल भट्टराई

‘म भष्टाचार गर्दिन , म भ्रष्टाचार हुन दिन्न’ भन्ने नाराको सार्थकता :  निर्मल भट्टराई

संविधान जारी भएपछि सबैमा यो कार्यान्वयन होला कि नहोला भन्ने चिन्ता थियो । तर यसको कार्यान्वयन संगसंगै अब देश विस्ता..