images
images

शनिवार , २०७६ मंसिर  २८ ( Saturday , 2019 Dec 14 )

images
images

संवेगलाई नियन्त्रण गर्न सके सफलता ? के हुन् सफलताका शुत्रहरु जान्नुहोस् !

गोपाल ढकाल (मनोविद्)

प्रकाशित: २०७६-१-२ गते

माया, प्रेम, दुःख, सुख, आनन्द, चिन्ता, पीर, रिस, डाहा, इस्र्या आदि सबै मानवीय संवेगहरु हुन् । हामीले आफूमा भएका संवेगलाई चिनेर त्यसको सही रूपमाव्यवस्थापन गर्न सकिएन भने त्यसले हाम्रो जीवनमा समस्या निम्त्याउँछ । रिस, चिन्ता, इष्र्या, डाहा जस्ता संवेगलाई सही रूपमा चिन्नर समाधान गर्न सकिएन भने व्यक्तिको आन्तरिक शक्ति खलबलिन पुग्दछ । डर, ईष्र्या, घृणा, क्रोध आदि जस्तानकारात्मक संवेगलाई नियन्त्रण गरेर दया, माया, प्रेम, सद्भाव सहयोग जस्ता सकारात्मक संवेगको वेगलाई) बढाउनु पर्छ । व्यक्तिको बुद्धि विवेक, चेतनालाई जाँच्ने कसी भनेको उसको संवेगात्मक व्यवहार नै हो । व्यक्तिको व्यक्तित्व एवं स्वभावलाई उसले प्रर्दशन गरेको संवेगको आधारमा पनि व्याख्या गरिन्छ ।

व्यक्ति मानसिक रूपमा जति सुकै बुद्धिमानी भएपनि व्यवहारिक रूपमा त्यो बुद्धिलाई स्वस्थयकर ढङ्गबाट प्रदर्शनगर्न सकेन भने त्यो मानसिक बुद्धिले सकारात्मकभन्दा नकारात्मक परिणाम जन्माउने गर्छ । व्यक्तिले व्यक्त गर्ने स्वभाव, भावनात्मक प्रस्तुतिलाई संवेगिक बुद्धि भनिन्छ । संवेगलाई बुद्धि व्यक्तिको अद्वितीय क्षमता हो । यसले कार्यक्षमता, कार्यशैली र उपलब्धिलाई प्रत्यक्ष असर पुर्याउछ । यसले व्यक्तिको सफलता, सुखी र सुखमय जीवनलाई निर्धारण गर्छ । संवेगलाई नियन्त्रण र सदुपयोग गर्न सक्दा नै व्यक्तिले जीवनमा सफलता हात पार्छ । दुःखमा नआत्तिने, सुखमा नमात्तिने व्यक्तिलाई समाजमा सबैले मान्छन् । केही पर्दा उसको सरसल्लाह लिन आउँछन् । समाजमा उसलाई बोद्धिक व्यक्तित्वको रूपमा हेरिन्छ । यसको विपरित झट्टा रिसाइ हाल्ने, रिसले अन्धो हुने व्यक्तिलाई कसैले राम्रो मान्दैनन् । उसको संगत गर्न पनि रूचाउँदैनन् ।

आफ्नो संवेगलाई नियन्त्रण गर्न नसक्दा न्याउरी मारी पछुतो हुन्छ । संवेगलाई नियन्त्रण गर्न जान्दा पनि ओखति बन्छ । समाजमा हत्या, हिंसा, लडाई, झैझगडा मारपिट जस्ता घटनाहरु घटिरहेका हुन्छन् । संवेगलाई व्यक्तिले नियन्त्रण गर्न नसक्दा नै यस्ता घटनाहरु घट्न पुग्दछन् । आफ्नो संवेगलाई नियन्त्रण गर्न नसक्दा व्यक्तिले आफ्नो जीवनमा धेरै दुःख, आरोप, प्रत्यारोप, घृणा र तिरस्कार भोग्नु पर्छ । अरूसँगको सम्बन्ध बिग्रीएको हुनुपर्छ । संवेगलाई नियन्त्रण गर्न नसक्नु भनेको मानसिक अस्वस्थताको संकेत पनि हो । पशुले व्यक्त गर्न संवेगात्मक व्यवहार र मानिसले व्यक्त गर्ने संवेगात्मक व्यवहारमा ठूलो भिन्नता छ । यो भिन्नताको कारण शिक्षा र चेतना नै हो । विद्वान मान्छे कसैले आफूलाई गल्ती गर्दा वा आरोप लाउँदा पनि शान्त र शालिन देखिन्छ । यसको विपरित मूर्ख व्यक्ति झट्ट प्रतिक्रिया देखाउँछ । आगो ओकल्न थाल्छ ।

दुःख नभएको व्यक्ति र विष नभएको सर्प काम लाग्दैन भन्ने नेपाली उखान छ । मनमा इख मात्र राख्यो र यसलाई व्यवस्थापन र सदुपयोग गर्न जानिएन भने यसले सकारात्मक भन्दा नकारात्मक परिणाम नै ल्याउँछ । संवेगलाई व्यवस्थापन र सदुपयोग गर्न जान्दा ठूलाठूला उपलब्धि हासिल गर्न सकिन्छ । संवेग उत्पन्न गराउन सक्ने घटना र परिस्थितिलाई शान्त, सुक्ष्म अवलोकन एवं मूल्यांकन गरी ति संवेगहरुको प्रकृति स्वरूपका बारेमा सचेत हुनुपर्छ ।अरूको रूची, इच्छा, भावनात्मक अवस्था, मुडलाई चिन्न र त्यसअनुरूप व्यवहार गर्न सक्दा नै जीवनमा सफलता हात लाग्छ । यसो हुन नसक्दा असमझदारी, कलह, वैमनस्यता नै हात लाग्छ ।

गोपाल ढकाल मनोबिद

अरूको मानसिक अवस्थालाई बुझ्न सक्नु भद्धनेको ठूलो कुरा हो । राजनीतिक नेता, सेल्सम्यान, व्यापारी, काउन्सलर आदि व्यक्तिमा यो क्षमता नहुँदा अपेक्षित रूपमा सफलता प्राप्त गर्न सक्दैनन् । अरूको मनस्थिति, भावना बुझेर व्यवहार गर्दा सम्बन्ध राम्रो बन्छ । संवेगात्मक बुद्धि एवं बलियो हुन्छ । अरूलाई बुझ्न सक्दा नै उनीहरुको सफलता, असफलता, हाँसो, खुशी, दुःखता साथ दिन सकिन्छ । संवेगात्मक बुद्धिले व्यक्तिले प्रदर्शन गरेका सकारात्मक एवं नकारात्मक संवेगलाई व्यवस्थापन गर्न मद्दत गर्दछ । आफ्नो भावना, आफ्नो संवेगात्मक अवस्थालाई बुझेपछि आफूले आफैँलाई ढाड्स दिने, आफूले आफूलाई उत्प्रेरित गर्न सकिन्छ । आफू भित्रबाट उत्प्रेरित, अभिप्ररित हुन सक्दा मात्र जीवनमा सफलता हात लाग्छ । आफ्नो भावनालाइृ चिन्न नसक्दा जीवनमा कहिल्यै सन्तुष्टि मिल्दैन । आफ्नो संवेगलाई बुझ्न सक्दा व्यक्तिमा हौसला, उत्साह, समर्पण जागेर आउँछ ।

सबै गलत क्रियाकलापको पछाडि आफूमा भएको संवेगलाई नियन्त्रण गर्न नसक्नु नै हो । लोभ, लालच, धनी हुने, केही पाउने तिव्र इच्छाले गर्दा व्यक्तिले चोरी गर्छ भने बमोजिम नहँदा अरूलाई गाली गर्छ, झगडा गर्छ । काम बिग्रदा, दुःख पर्दा निराश भएर जाँड, रक्सी, नशाको कुलतमा फस्न पुग्छ । बुद्धले भने बमोजिमका पञ्चशीलको पालना गर्न संवेगलाई नियन्त्रण गर्न सक्नुपर्छ । सबै किसिमका संवेगलाई नियन्त्रण गर्न सक्नु, यसलाई सदुपयोग गर्न सक्नु ठूलो सिप र क्षमता हो । यही क्षमताले व्यक्तिलाई सफलताको चुलीमा पुर्याउछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

समाचार

महत्वपूर्ण लिङ्क

सामाजिक संजाल

सम्पर्क

भैरवी मिडिया प्रालि
Putalisadak Kathmandu,Nepal
प्रकाशक: गोकर्ण बराल
सम्पादक: रेशम बाबु बि.क.
9851165011
[email protected]
[email protected]
Post Box No. 855