×
अनिस तामाङ, युएई प्रकाशित: २०७५-११-२५ गते

‘हाम्रो डम्फू हाम्रै शान,यसैमा छ तामाङ पहिचान’ भन्ने मुल नाराको साथ् दुबईमा बृहत सांस्कृतिक कार्यक्रम हुँदै

‘हाम्रो डम्फू हाम्रै शान,यसैमा छ तामाङ पहिचान’ भन्ने मुल नाराको साथ् दुबईमा  बृहत सांस्कृतिक कार्यक्रम हुँदै

 तामाङहरुको सांस्कृतिक चिनारी डम्फूको नामबाट डम्फू साँझ युएई परिवारले पहिलो ऐतिहासिक डम्फू साँझ–२०१९ बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी तीब्र पारेको छ । तामाङ समुदायको सांस्कृतिक पहिचानको रुपमा चिनिने डम्फू पछिल्लो चरण तामाङ गीत संगीत देखि चलनचल्तीको चाडपर्व रीतिरिवाजहरुमा समेत कम प्रयोग हुँदै गएको छ । भविष्यमा डम्फू लोप हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै डम्फूको प्रचारप्रसार र सांस्कृतिक जगेर्ना गर्दै समुदायलाई एकतावद्ध गर्ने उदेश्यले युएईमा रहेका नेपाली युवाहरुले डम्फू साँझ कार्यक्रम आयोजना गरेको हो ।

‘हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान’ भन्ने मुल नारा लिएर युएइको देरादुबईस्थित काल्र्टन टावरमा हुन लागेको उक्त कार्यक्रममा नेपालबाट तामाङ चलचित्रदेखि सेलो जगतका चर्चित हस्तीहरु समेत युएई आउने कार्यक्रम संयोजक सुरेन्द्र थिङ तामाङले जानकारी गराएको छ। जसमा चर्चित सेलो गायिकाहरु इन्दिरा गोले, जीतु लोप्चन गायकहरु विश्व दोङ, फूलकुमार बम्जन, म्हेन्दोमाया गायक सुमन घले, तामाङ चलचित्रको वरिष्ठ नायक तथा निर्माता अमिर दोङ तामाङ, नायिका सुनिता लुङ्बा, सुश्मा मोक्तान र कार्यक्रम उद्घोषिका स्मारिका थिङ तामाङ रहेका छन्।

यहीँ आउदो अप्रिल १९ तारिखका दिन दिउँसो ठिक १ बजे सुरु हुन लागेको उक्त कार्यक्रमका लागि आयोजक टिम युएइका विभिन्न शहरहरुमा पुगेर त्यहाँका क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुलाई प्रत्येक्ष भेटेर निमन्त्रणा कार्ड दिनेदेखि कार्यक्रममा उपस्थितिका लागि सबैलाई आह्वन गर्दै कार्यक्रमको प्रचारप्रसारलाई तिब्र बनाएको छ ।

सम्बन्धित विषय:

फेसबुकबाट तपाईको प्रतिक्रिया

0 Comments

सम्बन्धित समाचार

हिमालय एयरलाइन्सको आबुधाबी-काठमाडौं उडान सुरु

हिमालय एयरलाइन्सको आबुधाबी-काठमाडौं उडान  सुरु

युएई ।  मार्च-३१ तारिख अर्थात चैत्र १७ गते देखि हिमालय एयरलाइन्सले युएईको राजधानी अबुधाबीबाट पनि आफ्नो उडान सु..

जाति बचाउन भाषा बचाउ, भेषभुषा माथिको विकृति बहिष्कार गरौँ : शेर्पा किदुग

जाति बचाउन भाषा बचाउ, भेषभुषा माथिको विकृति बहिष्कार गरौँ  : शेर्पा किदुग

शेर्पा समुदायको राष्ट्रिय पर्व फग् ल्होसारको उपलक्ष्यमा शेर्पा किदुग युएईले २१४७ औं फग ल्होसार-२०१९ को अवसर पारेर य..

स्मृति गौतमलाई कतारमा उत्कृष्ट गायिका अवार्डबाट सम्मानित

स्मृति गौतमलाई कतारमा उत्कृष्ट गायिका अवार्डबाट सम्मानित

चर्चित गायिका स्मृति गौतमले हिमालयन अन्तरास्ट्रिय म्युजिक अवार्ड-२०१९ मा उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेकि छन्..

नव गायक प्रख्यात मोक्तानको ङेङ्कोर गीतको एल्बम विमोचन

नव गायक प्रख्यात मोक्तानको ङेङ्कोर गीतको एल्बम विमोचन

२७  माघ,युएई । पछिल्लो सांगीतिक बजारमा एकपछि अर्को नयाँ प्रतिभावान गायकहरुको उदय भइरहेको छ । कोही विभिन्न..

Loading...