×

अर्थतन्त्र

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ललितपुर महानगरपालिका वडा नं. ७ ग्वार्कोमा सञ्चालित क्वेस्ट इन्टरनेशनल कलेजअन्तर्गतको क्वेस्ट सोसियल क्लबका विद्यार्थीहरुलाई वित्तीय सहयोग प्रदान गरेको छ। बैंकको सहकार्यमा क्वेस्ट इन्टरनेशनल कलेजअन्तगर्तको क्वेस्ट सोसियल क्लबका विद्यार्थीहरुद्घारा मंगलबजार, ग्वार्को र इमाडोलमा सरसफाइ कार्यक्रम र

लक्ष्मी बैंक र लक्ष्मी केयर्सद्वारा कोष स्थापनाको लागि सांगीतिक कार्यक्रम

काठमाडौँ । लक्ष्मी बैंक र लक्ष्मी केयर्सले संयुक्त रुपमा नेपालका प्रतिष्ठित गायक दीप श्रेष्ठको सांगीतिक यात्राको ५० वर्षको अवसरमा कोष स्थापनाको लागि सांगीतिक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा नेपाली गीत, संगीतसँग सम्बन्धित विभिन्न सर्जक, पारखी एवं संगीतकारहरुको उपस्थिति रहेको थियो। कोष स्थापनाको लागि आयोजना गरिएको यस कार्यक्रमबाट संकलन भएक

यस्ता छन् सुबिसुका दशैं, तिहार अफर

सुबिसु केबलनेट प्रालिले नेपालीहरुको महान चाड बडा दशैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा इन्टरनेट वा क्लियर टिभी सेवा प्रदान गर्ने भएको छ। आउँदै गरेको महान चाडलाई उपभाेक्ताहरुले हर्षोल्लासका साथ मनाउनका साथै इन्टरनेटको माध्यमबाट सर्भसुलभ मूल्यमा एकआपसमा खुसी साट्न पाउन भन्ने उद्देश्यले न्युनतम मूल्यमा यो सेवा बजारमा ल्याएको

सुनको मूल्य निरन्तर घट्दै

काठमाडौं । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला र तेजाबी सुनको मूल्य प्रतितोला रु ४०० ले घटेको छ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला रु ७० हजार २०० कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु ७० हजार ६०० मा कारोबार भएको थियो। त्यस्तै तेजाबी

दशैंदेखि छठसम्म हवाई भाडामा १० प्रतिशत छुट

काठमाडौं । आगामी १२ असोज २०७६ देखि १७ कात्तिकसम्म उड्ने जहाजमा यात्रुले १० प्रतिशत छुट पाउने भएका छन् । दशैंलाई लक्षित गर्दै वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले छुट दिने निर्णय लिएको हो । आयोनको आइतबार बसेको बैठकले नियमित उडान सञ्चालन गर्ने सबै वायुसेवा कम्पनीले काउन्टरबाटै टिकट खरीद गरे १० प्रतिशत छुट दिने निर्णय गरेको हो । ‘टिकट आजै खरी

फर्निचर एक्स्पो आज सकिँदै

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोमा शनिबार मात्र २४ हजारभन्दा बढीले अवलोकन गरेका छन्। बुधबारदेखि सुरु भएको एक्स्पोमा सुरुदेखि नै अवलोकनकर्ताको भीड लागेको थियो। एक्स्पोको व्यवस्थापक इभेन्ट सोलुसन प्रालिका अनुसार शनिबारसम्ममा ६६ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका छन्। ‘शुक्रबारसम्ममा ४२ हज

तल्लो अरुण निर्माणमा भारतको पनि प्रस्ताव

भारत सरकारले कूल ६४० मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि इच्छा व्यक्त गरेको छ। अरुण नदीमा पत्ता लागेका केही महत्वपूर्ण आयोजनामध्ये तल्लो अरुण पनि एक हो। भारतीय कम्पनी सतजल विद्युत् निगमले अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ। कूल नौ सय मेगावाट क्षमताको सो आयोजनाको हाल भौतिक प्रगति २५ प्रतिशत भइसकेको छ। सतज

अदुवाको मूल्य चार गुणाले बढ्यो

काठमाडौं । गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन्। गत वर्ष प्रति मन अदुवाको मूल्य एक हजारदेखि पन्ध्र सयको हाराहारीमा पाएका किसानले यस वर्ष ६ हजार मनका दारले अदुवा बिक्री गरिरहेका छन्। उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले अदुवाको मूल्य झण्डै चार गुणा वृद्धि भएपछि किसान उत्साहित बनेका हुन्। अघ

उद्यम विकासलाई सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्न पनि सरकारले सबै क्षेत्रसँगको साझेदारी कार्यक्रममा जोड दिएको बताएका छन्। अर्थमन्त्री खतिवडाले दीगो विकास लक्ष्य हासिल गर्नका लागि महिला तथा युवा उद्यम विकासलाई पनि सरकारले उच्च प्राथमिकता दिएको स्पष्ट पारेका छन। शुक्रबारबाट काठमाडौंमा सुरु भएको अन्तराष्ट्रिय महिला उद्यमी शिखर

बुटवल-गोरखपुर प्रसारण लाइनः निर्माणको ढाँचा टुंग्याउने सहमति

काठमाडौं । नेपाल र भारतले न्यू बुटवल गोरखपुर प्रसारण लाइनको ढाँचा, निर्माण लागत लगायतका विषयलाई शीघ्र टुङ्गोमा पु-याइ निर्माण शुरु गर्ने विषयमा सहमति जनाएका छन्। ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनपछि उच्च क्षमताको दोस्रो प्रसारण लाइनका रुपमा त्यसलाई लिइएको छ। सो प्रसारण लाइनको निर्माणका विषयमा दुई देशबीच सैद्धान्तिक सहमति भए पनि कु