×

पूर्वाधार

प्रदेश सरकारकै लगानीमा हेटौँडा–काठमाडौँ सुरुङमार्ग

काठमाडौं । बहुचर्चित हेटौँडा–काठमाडौँ सुरुङमार्ग प्रदेश नं ३ सरकार आफैँले निर्माण गर्ने भएको छ। प्रदेश सरकारले हेटौँडा काठमाडौँलाई सुरुङमार्गमार्फत जोड्ने तयारीलाई तीव्र पारेको छ। सुरुङमार्गलाई प्रदेश सरकारले आफ्नो पहिलो नीति तथा कार्यक्रममा नै गौैरवको आयोजनाको रुपमा अगाडि सारेको भए पनि निजी कम्पनीको केन्द्र सरकारसँगको सम्झौता अवधि बाँकी न

थानकोट–नागढुङ्गा सुरुङमार्ग : कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्गको शिलान्यास कात्तिकको पहिलो साता हुने भएको छ । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख श्यामप्रसाद खरेलले कातिक ४ गते यस सुरुङमार्गको शिलान्यास कार्यक्रम तय भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो सुरुङमार्गक

९१८ मेगावाटका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीलाई

समझदारीपत्रमा हस्ताक्षरपछि ऊर्जामन्त्री वर्षमान पुन ९बीच०, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी ९बायाँ०। ऊर्जासचिव दिनेशकुमार घिमिरे र नेपाली तथा चिनियाँ लगानीकर्ता ।चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणकै सन्दर्भमा ९१८ मेगावाटका नेपालका दुई जलाशययुक्त आयोजना चिनियाँ कम्पनीले निर्माण गर्ने सम्झौता भएको छ । पाँचथरमा पर्ने ७६२

नौ नगरमा बन्दै सुन्दर पार्क

काठमाडौँ महानगरपालिका वरिपरिका नौवटा नगरपालिकाले महानगरको आर्थिक सहयोगमा सुविधासम्पन्न आकर्षक पार्क यसै वर्षभित्र बनाइसक्ने भएका छन् । महानगरले हरेक नगरपालिकालाई एक÷एक करोड रुपियाँ उपलब्ध गराएपछि नौवटै नगरपालिकाले पार्क बनाउने योजना अगाडि बढाएका हुन् ।उपत्यका वरिपरिका नौवटा नगरपालिकामा ज्येष्ठ नागरिक, बालबालिका बस्ने, रमाउने र वनभोज गर्न मिल

सेटिङमा नेता, न्यायाधीशदेखि वकिलसम्म : ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा

 ९२ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाउने ६ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।चन्द्रागिरि नगरपालिका–२ मा रहेको कित्ता नम्बर १०१ को उक्त सरकारी जग्गा व्यक्तिको नामबाट २०७२ सालमा सुयल हाउजिङ कम्पनीको नाममा गराउने काममा संलग्न रहेका मालपोत कार्यालय कलंकीका प्रमुख शिवप्रसाद रिमालसहित ६ जना पक्राउ परेका छन्

मुग्लिन–पोखरा सडक चार लेनको बन्ने

साविक दुई लेनमा रहेको मुग्लिन–पोखरा सडक चार लेनमा विस्तार हुने भएको छ । राष्ट्रिय राजमार्गहरूको स्तरोन्नति र विस्तार गर्ने क्रममा सो सडक विस्तार गर्न लागिएको हो । मुलुकको पर्यटकीय ‘हब’का रूपमा विकास भइरहेको पोखरालाई राजधानीसँग जोड्ने मुग्लिन–पोखरा सडक चार लेनको निर्माण गर्न अध्ययन प्रक्रिया अगाडि बढिसकेको जानकारी सडक विभागका

प्रधानमन्त्री ओलीद्वारा प्रधानमन्त्री निवासको शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवासको बालुवाटारमा आज शिलान्यास गरेको छ। साविककै निवास रहेको ठाउँमा अत्याधुनिक नयाँ भवन नौ महिनामा निर्माण सम्पन्न भइसक्ने गरी आज शिलान्यास भएको हो । पहिला बनेको भवन राज्य सञ्चालनका लागि उपयुक्त नभएकोले पनि नयाँ भवनको आवश्यकता परेको प्रधानमन्त्री ओलीले बताएका छन । “देशको शासन, प्र

सिंहदरबारभित्र पाँच अर्बको नयाँ संसद भवन शिलान्यास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा निर्माण हुने संघीय संसद् भवनको शिलान्यास गरेका छन् । सिंहदरबार भित्रको पुतली बगैंचामा भवन शिलान्यास गरिएको हो । संघीय संसद लामो समयदेखि भवनविहीन रहँदै आएको छ । सिंहदरबारभित्रै भएको प्रतिनिधिसभा भवन पुरानो र सानो भएपछि लामो समयदेखि संसद बैठक बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भाडा

प्रधानमन्त्रीबाट आज शिलान्यास हुँदै : ५ अर्ब २६ करोडमा ससद्को आफ्नै भवन

सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारभित्र स्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगाडि बढेको हो। शहरी विकास तथा भवन निर्माण विभागले अन्तर्राष्ट्रिय मापदण्डअनुसार भवनको डिजाइन गरेको

प्राविधिक आफैं ठेकेदार : ३९ वटै सडकको कालोपत्रे काम नलाग्ने

दाङको घोराही उपमहानगरपालिकाभित्र गरिएको  सडक रिसिलिङ र कालोपत्रे  गुणस्तरहीन रहे को  तथ्य खुलेको छ। उपमहानगरपालिकाकै इन्जिनियर र प्राविधिकको ठूलो रकम हिनामिना गर्ने मनशायका कारण सडक गुणस्तरहीन बन्न पुगेको उपमहानगरपालिकाद्वारा गठित छानबिन समितिले जनाएको छ। रिसिलिङका लागि कुल १ करोड २१ लाख ४२ हजार ८ सय ५७ रुपियाँको बजेट भए पनि कब